22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

चौरजहारी अस्पतालद्धारा विशेषज्ञ सेवा सुरु, बिपन्न वर्गका बिरामीहरु लाभान्वित हुने

        मेगराज खड्का   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     1:01:55 PM  | 138 पटक पढिएको   |  

रुकुमः रुकुमको चौरजहारी अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । विरामीहरुको समस्यालाई ध्यानमा राखेर मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालले विशेषज्ञ सेवा सुरु गरेको हो ।

अस्पतालले रुकुम, सल्यान र जाजरकोट लगाएतका जिल्लाहरुवाट आउने सामान्य तथा जटिल समस्या भएका विरामीहरुलाई लक्षित गरेर सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए ।

तस्बिरः मेगराज खड्का

उनका अनुसार चरम आर्थिक अभाव भएर जिल्ला बाहिर गई उपचार गर्न नसक्ने बिरामीहरुका लागि विशेषज्ञ सेवाले राहात दिने छ । अस्पतालमा हाड जोर्नी, स्त्रीरोग, दात, पेट तथा वाल रोग बिशषज्ञ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा सेवा सञ्चालनमा ल्याईएको छ । विशेषज्ञ सेवामा आगोले पोलेर शारिर अगंभंग भएका, जोर्नी फुत्कीएको, जोर्नी वांगोटिगाें भएको, हड्डीवाट पीप बग्ने, शरिरिरका नसा वाउडीने, गोलीगाँठा परेका समस्याको अप्रेसन उपचार तथा परामर्श सेवा उपलव्ध भएको वालरोग विशेषज्ञ डा. कालेव वुढाले जानकारी दिए ।

अस्पतालले प्रत्येक वर्ष तीन-तीन महिनाको विचमा विशेषज्ञ सेवा ञ्ंचालन गर्दै आईरहेको छ । यस अघि हाडजोर्नी, पेट तथा अन्य जटिल समस्या भएका विरामीहरु सुविधा सम्पन्न अस्पताल नेपालगञ्ज तथा काठमाडौंमा गएर स्वास्थ्य सेवा लिने गरेका थिए ।

भौगोलिक विकटता सगै आर्थिक अभाव जस्ता समस्याले गर्दा रोगसंग लडेर बसेका विरामीहरु उक्त सेवा वाट लाभान्वित हुने अपेक्षा गरीएको छ । ४० शैयाको वेड क्षमता रहेको अस्पतालमा दैनिक १ सय देखि १ सय ५० जना सम्म विरामिहरुले स्वास्थ्य सेवा लिदै आईरहेका छन ।

Leave a comment

Your email address will not be published.


*