20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

क्रियासिल महिला पत्रकारको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

        नवराज शाही   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     12:49:44 PM  | 104 पटक पढिएको   |  

जाजरकोटः  क्रियासिल महिला पत्रकार जाजरकोटको आयोजनामा पत्रकार आचार संहिता २०७३ र जाजरकोटको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको सभाहल जाजरकोटमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पत्रकारितामा महिलाहरुको सहभागिता पछिल्लो समयमा बृद्धि हुन थाले पनि यो अपर्याप्त भएको धारणा राखेका छन् ।
पत्रकार आचार संहिता २०७३ का विषयमा पत्रकार जनक केसीले सहजीकरण गरेका थिए । जिल्ला स्थित एक दर्जन पत्रकार तथा विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a comment

Your email address will not be published.


*