20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा टि २० क्रिकेट प्रतियोगिता हुने

        पवन शर्मा   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     12:00:47 PM  | 106 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटमा टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । जाजरकोट, रुकुम र सल्यान गरी ३ जिल्लाको सहभागिता हुने गरी जाजरकोट युवा क्रिकेट क्लवले प्रतियोगिताको आयोजना गरेको हो ।

यस क्षेत्रमा क्रिकेटको विकास र प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष अनिष कार्कीले ईखबरलाई जानकारी दिए ।
खलङ्गा स्थित त्रि।मा।वि को खेल मैदानमा मसिंर ३० गते बाट शुरु हुने क्रिकेट प्रतियोगिता पुस ३ गते सम्म चल्ने छ । विहीबार बिहान हुने उद्घाटन खेलमा जाजरकोट र रुकुम बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता हुने टिमलाई दश हजार नगद पुरस्कार र बेस्ट बलर, बेस्ट ब्याट्स म्यान र म्यान अफ द सिरिजलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*