21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

रसियन ह्याकरहरुले मलाई जीताउन मद्दत गरेको बिषयको छानबिन हाँस्यास्पदः ट्रम्प

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     3:29:08 AM  | 98 पटक पढिएको   |  

काठमाडौंः अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियन ह्याकरहरुले अमेरिकी चुनावमा हस्तक्षेप गरी उनलाई जीताउन मद्दत गरेको बिषय त्यहाँको गुप्तचर संस्था सीआईएले छानबिन गर्ने भन्ने कुरा हाँस्यास्पद रहेको बताएको बीबीसीले जनाएको छ ।
डेमोक्रयाटहरुले लज्जास्पदरुपमा चुनाव हारेका कारण यस्तो यस्तो रिपोर्ट सार्वजनिक गरिएको पनि आरोप लगाएको बताएका छन् ।
गत शुक्रवार एक सीआईए अधिकारीले  मिडियालाई बताएर उनीहरुले रसियन ह्याकरहरुले ट्रम्पलाई सहयोग गर्न खोजेको निष्कर्ष निकालेको बताएका थिए ।  तर रसियन अधिकारीहरुले यसको प्रतिवाद गर्दै आएका छन् ।

ट्रम्पले चीन, रसिया वा जो कोहीले गराए पनि त्यो थाहा नहुने बताएका छन् ।  तर राष्ट्रपति बाराक ओबामाले यसको पूर्ण पुनरावलोकन गर्न भनेको बताइएको छ ।

Leave a comment

Your email address will not be published.


*