20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

मेस्सीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डोले जिते चौथो पटक बालोन डी’ओर अवार्ड

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २८, २०७३     3:16:25 AM  | 89 पटक पढिएको   |  

काठमाडौँ:  स्पेनीस क्लब रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले चौथोपटक सर्वोकृष्ट फुटबलर बन्दै बालोन डी’ओर अवार्ड जितेका छन् । रोनाल्डोले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्ड जितेका हुन् ।
फ्रान्सको पेरिसमा सोमबार राती एक समारोहका बीच रोनाल्डोलाई यो अवार्ड प्रदान गरिएको थियो । फ्रान्सेली फुटबलको जुरी तथा विश्वका १ सय ७३ खेल पत्रकारको मतको आधारमा रोनाल्डोले यो अवार्ड जितेका हुन् । या ेसँगै रोनाल्डोले चार पटक बालोन डी’ओर जितेका छन् । रोनाल्डोले यसअघि सन् २००८, २००९, २०१३ र २०१४ मा पनि बालोन डी’ओर जितेका थिए । यसपटक मेस्सी दोस्रो स्थानमा रहदा एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहन सफल भए ।

गतबर्ष बालोन डी’ओर अवार्डको उपाधि मेस्सीले पाँचौ पटक जितेका थिए ।
चौथोपटक यो अवार्ड जित सफल रोनाल्डोले गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । फ्रान्समा भएको युरोकपको उपाधि पोर्चुगललाई दिलाउने क्रममा रोनाल्डोको भूमिका महत्वपूर्ण रहेको थियो । त्यस्तै रोनाल्डोले गएको सिजन क्लब र राष्ट्रिय टिमबाट गरी ५४ गोल गरेका थिए । रोनाल्डोले जारी सिजन क्लब र राष्ट्रिय टिमबाट २० खेलमा १९ गोल गरिसकेका छन् ।
चौथोपटक उपाधी जितेपछि रोनाल्डोले आफुले चारपटक यो अवार्ड जित्ने कल्पना नगरेको बताए । “मैले  यो अवारड चार पटक जित्छु भन्ने सोचेकै थिइन । तर, मैले जिते । म धन्य छु,“ रोनाल्डोले भने, “मलाई यो अवार्ड जित्न सहयोग गर्नु भएका टिमका साथीहरु, रियल मड्रिड, राष्ट्रिय टोलिप्रति आभारी छु ।“ यस्तै रोनाल्डोले चौथोपटक अवार्ड जित्दा आफुलाई पहिलो पटक अवार्ड जित्दाको जस्तै बिशेष लागेको बताए ।
फ्रान्सेली फुटबल म्यागजिनले सन् १९५६ देखि अवार्ड प्रदान गर्दै आएको छ । पछिल्लो समय म्यागजिनले बिश्व फुटबलको सर्वोच्च निकाय फिफासंग सहकार्य गर्दै आएको थियो । तर, गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि म्यागजिन एक्लैले बालोन डी’ओर प्रदान गरेको हो । फिफा र म्यागजिनको सहकार्यमा पछिल्लो  ६  बर्ष ’फिफा बालाने डी’ओर’ दिईदै आएको थियो । अब फिफाले पनि आगामी जनवरी ९ मा उत्कृष्ट वर्ष खेलाडीलाई छुट्टै अवार्ड प्रदान गर्नेछ ।

साभारः बाह्रखरी

Leave a comment

Your email address will not be published.


*