21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

घाटमा प्रतिक्षालय बनाईदिने शेरचन दम्पतिको ईच्छा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७३     3:24:26 PM  | 327 पटक पढिएको   |  

जाजरकोटः बेलायतको लन्डन निवासी गीता शेरचन र खीम शेरचनले जाजरकोटको पजारु र सुवानाउली गाविसको दोभानमा पर्ने पौजामा पर्ने घाटमा मलामीका लागि प्रतिक्षालय निर्माण गरिदिने बताउनु भएको छ ।
जाजरकोटका विभिन्न सामाजिक समस्यामा साथ दिदै आउनु भएको शेरचन दम्पतिले पौजामा मलामीका लागि आउदो चैत्र सम्ममा सम्पन्न हुने गरी एक लाख रुपैयाको लगानीमा प्रतिक्षालय निर्माण गरिदिने जानकारी दिनुभएको छ ।

प्रतिक्षालय निर्माणका लागि शेरचन दम्पतिले फेसबुक मार्फत जानकारी दिदै पजारु गाविसका पुर्व अध्यक्ष लालबहादुर महताराको नाममा निवेदन समेत दिनुभएको छ ।
साथै उक्त कार्यका लागि सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध समेत गर्नुभएकोछ ।

अद्यावधिकः २०७३ मंसीर २८, ८:११ बजे

Leave a comment

Your email address will not be published.


*