18 October 2017|   बुधबार, कार्तिक १, २०७४

रुकुममा राष्ट्रिय मतदाता अधिकार मञ्च गठन

        मेगराज खड्का   |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७३     9:06:45 AM  | 80 पटक पढिएको   |  

रूकुमः राष्ट्रिय मतदाता अधिकार मञ्च जिल्ला शाखा रुकुमको गठन गरिएको छ । जिल्ला विकास समितिको सभाहलमा भएको एक कार्यक्रमले राष्ट्रिय मतदाता अधिकार मञ्च रुकुमको गठन गरिएको हो ।

भेलाले शारदा डाँगीको अध्यक्षतामा १० सदस्य नयाँ कार्य समिति गठन गरिएको छ । उपाध्यक्षमा पहलसिंह घर्ति, सचिवमा प्रविर ददेल र कोषाध्यक्षमा दिनेश खडका सर्वसहमती रुपमा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सुरेन्द्र खत्री, महेश केसी, सुजाता खड्का, केशव विसी, अमरराज पुन र जिवन केसी रहेका छन् ।

बाँकी ५ सदस्य दोस्रो वैठकबाट मनोनित गर्ने जनाएको छ । कार्यक्रममा राष्ट्रिय मतदाता अधिकार मञ्चका केन्दीय सदस्य मिना शर्मा, जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटा लगायतको सहभागिता रहेको सचिब ददेलले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*