18 October 2017|   बुधबार, कार्तिक १, २०७४

कसले उपचार गरिदेला सुकुम्बासी अमरलाइ ?

        दिपेन्द्र शर्मा   |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७३     8:55:35 AM  | 111 पटक पढिएको   |  

तस्बिरः दिपेन्द्र शर्मा

जाजरकोट : उनी १७ वर्षका भए। बोल्न, सुन्‍न र हिडँडुल गर्न सक्दैनन्। त्यसैले ओछयानमा छन्। उनका लागि एक जना दैनिक हेराला बस्‍नुपर्ने बाध्यता परिवारको छ। जाजरकोट ढिमेको घरङगाका अमर बहादुर आग्री विगत केही वर्षदेखि यस्तै जीवन बाँचिरहेका छन्।

अमरलाई खाना र दिसा पिसा समेत गराउनुपर्ने भएकाले परिवारमा समस्या छ। आमाको मृत्युपछि समस्या अझै बढेको छ। सानै उमेरमा अमरमा समस्या देखिएको थियो। तर उनलाई उपचारका लागि अस्पताल लगिएन। आर्थिक तथा शैक्षिक रुपमा विपन्‍‍‍न उनको परिवारले धामी-झाँक्री बोलायो।

धामी-झाँक्रीले दिएको मन्‍‍‍त्रले काम गरेन। अमरको हेरचाह गर्दागर्दै आमा बितिन्। आमाको मृत्युपछि परिवारमा समस्या थपिएको बाबु जने आग्रीले बताए। श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकोले उनी नियमित काममा जान पाएका छैनन्। उनलाई छोराको उपचार गराउने इच्छा छ। तर पैसा छैन्। उनी सुकम्बासी हुन्। छोराको उपचारमा सहयोग पाउने आशामा गाविसदेखि सदरमुकामसम्म धाए।

तर रित्तै हात फर्कनुपरेको बाध्यता सुनाउँछन्,‘कतैबाट सहयोग हुन्छ कि भनेर धेरै ठाउँ धाएँ। तर उपचार लागि अहिलेसम्म कसैले सहयोग गरेको छैन,’ बाबु जनेले भने। जनेका ४ छोरा तथा ५ छोरी छन्। जेठी छोरीको विवाह भइसक्यो। भारत गएका जेठो छोरा फर्किएर आएका छैनन्।

उनको बसोबासका लागि गाउँलेहरुले सार्वजनिक जग्गामा खरले छाएको सानो टहरा बनाइदिएको स्थानीय धन बहादुर सिंहले बताए। ‘उसको परिवार ठुलो भएको र काम गरि खाने अवस्थाका कोही नहुँदा गाँउको सामुदायिक वनको हेरालु बनाएदिएका छौ। गाँउका १३८ घरधुरीले धान मकै गहुँ, जौ उठाएर दिने गर्छौ,’ धनबहादूरले भने।

सरकारले वितरण गरेको हलिया परिचय पत्र जनेसँग छ। तर उनले यसबापत कुनै सहयोग पाएका छैनन्।

Leave a comment

Your email address will not be published.


*