20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटको कला संस्कृतिलाइ संस्थागत गर्ने कसैको ध्यान छैन

        प्रस्तुतिः नबराज शाही   |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७३     5:28:46 AM  | 299 पटक पढिएको   |  

कार्कीगाउँ २, जाजरकोटमा जन्मेर हाल जाजरकोटको सिलसिला कला सांस्कृतिक समाजको अध्यक्षको रुपमा जिल्लाको सांगितिक क्षेत्रमा योगदान पुर्याईरेका गंग विवश आरसी जिल्ला विकास समितिमा कार्यक्रम अधिकृतका रुपमा पनि कार्यरत रहेका छन् । त्यस्तै उनी नेपाल बुद्धिजिवि परिषद जिल्ला कार्यसमितिको अध्यक्षका रुपमा पनि रहेका छन् । उनीसँग गरिएको अन्तरंग कुराकानी हाम्रा पाठकहरुको माझमा प्रस्तुत छ ।
– हिजो कसरी वित्दैछन् दिनहरु ?
आजभोली विषेश गरि १० देखि ४ बजे सम्मा अफिसकै काममा हुन्छु भन्नु पर्यो । खासै त्यस्तो व्यस्त त छैन म यतिबेला ।
– जागिरे जीवन पनि छ एकातिर भने अर्कोतिर सामाजिक सेवाको भावनाले कला र संस्कृतिको क्षेत्रमा जाजरकोटलाई चिनाउने प्रयास गरिरहनु भएको छ कसरी समय व्यबस्थापन गर्नुहुन्छ ?
मैले यति समय गित संगित लाई दिन्छु । यति समय कार्यालय लाई दिन्छु भनेर त्यस्तो समय तालिका त बनाएको छैन, अफिसमा काम गर्दै गर्दा पनि जस्तो सुकै व्यस्तता भएपनि म त्यो कामलाई थाति राखेर पनि कला साहित्य तिर कलम चलाइरहन्छु । अफिसमा पनि बेलाबेलामा गीत गुन्गुनाइरहन्छु ।
– जाजरकोटको कलासंस्कृतिको कुरा गर्दा एउटा खालको विकासोउन्मुख अवस्थामा छ । आफ्नो मौलिकता, आफ्नो संस्कृति झल्काउने खालको प्रयास केही हद सम्म भए पनि प्रर्याप्त छैन भन्ने छ । तपाईलाइ के लाग्छ ?
अब जिन्दगी नै कला, साहित्यमा बिताउछु अन्य पेशा अंगाल्दिन भनेर लागेका साथिहरु पनि धेरै हुनुहुन्छ । जाजरकोट जिल्लामा बसेर भन्दा पनि काठ्मान्डौमै बसेर धेरै संघर्ष गरेर त्यहि बाट स्थापित हुन सकिन्छ कि भनेर केहि साथिहरु लागिराख्नु भएको छ । तर मेरो विचारमा चाँही जाजरकोटको कला संस्कृति, परम्परागत संस्कृति, ऐतिहासिक संस्कृतिको लागि कुनैपनि व्यक्ति लागेको छैन ।
केही अग्रज दाजुहरु जस्तो राजुराजा सिंहले जाजरकोटको परम्परागत, मौलिक तथा ऐतिहासिक कला संस्कृतिलाई अगाडि बढाईराख्नु भएको छ । त्यस्तै शेर बहादुर अधिकारी हुनुहुन्छ, उहाँले आफ्नो गीत संगीतको माध्यमबाट जाजरकोटको कला साहित्यलाई बचाइराख्नु भएको छ । भर्खरै मात्र साहित्यलाई टेवा पुग्ने खालको किताब प्रकाशन गर्नुभएको छ । त्यसैगरी मोहन विक्रम शाह हुनुहुन्छ र थुप्रै अग्रज दाजुहरु लाग्नु भएको छ । तर, उहाँहरु व्यक्तिगत रुपमा आफ्नो प्रयास जारी राख्नु भएको छ । संस्थागत रुपमा जाजरकोट जिल्लाका कला संस्कृतिलाई कसरी अगाडि बढाउने भन्ने बारे उहाँहरुको त्यति ध्यान नपुगेको हो कि भन्ने मलाई लागेको छ ।
–जाजरकोटमा सिलसिला कला संस्कृतिक समाज स्थापना भएको छ, जसको तपाई अध्यक्ष पनि हुनुहुन्छ । यो समाज कुन उद्देश्यका लागि स्थापना गरिएको हो ?
यसको सबैभन्दा ठुलो उद्देश्य भनेको जाजरकोटमा कला संस्कृतिलाई र कला साहित्यलाई माया गर्ने सृस्टाहरुले एक ठाँउमा बसेर भलाकुसारी गर्ने एउटा माध्याम हो । जाजरकोटमा लुकेर रहेका, लोप हुन लागेका संस्कृति लाई उजागर गर्ने एउटा थलो हो । जाजरकोटका ऐतिहासिक, धार्मिक, तथा परम्परागत संस्कृतिलाई बचाउनको लागि जाजरकोट सिलसिला कला संस्कृतिक समाजको स्थापना गरिएको हो ।
–माया प्रेमको कुरा गरौं, माया भनेको के हो जस्तो लाग्छ यहाँलाई ?
माया भनेको त एउटा बाँच्ने आधार हो जस्तो लाग्छ । तर, मायालाई परिभाषित गर्ने ठ्याक्कै यहि शब्द छ भन्ने त मलाई लाग्दैन ।
– जिन्दगीसंग कति गुनासो छ ? पिडा भोग्नु भएको छ त जिन्दगिमा ?
जिन्दगि जिउने क्रममा मैले भोगेका कुराहरु चोट भन्दा पनि मैले त यसलाई सफलताको एक सुत्र सम्झिने गरेको छु । चोट, जसले हामीलाई पाठ सिकाउदैन भने त्यो चोट हो तर जुन चोटले हामिलाई पाठ सिकाउछ भने त्यो चोट नभएर सिकाई हो । चोट भनेको प्रगतिको माथि उक्लिने भर्याङ रहेछ जस्तो लाग्छ मलाई । म एक सामान्य परिवारमा जन्मिएको मान्छे, सामान्य खाना लगाउन मात्र पुग्थ्यो मेरो घरमा र मैले भनेको वेलामा कहिले पनि आफ्ना इच्छा हरु पुरा गर्न पाईन । मेरा थुप्रै रहरहरु बालापनमै टुहुरा भएका थिए, यसरि नै जीवनका विभिन्न चरणहरु पार गर्ने क्रममा चोट त धेरै पाए होला तर चोटले मलाई पाठ सिकाएको छ, उर्जा दिएको छ त्यसैले गर्दा पनि मलाई जिन्दगी देखि कुनै गुनासो छैन ।
– तपाईले शुरुमा निकाल्नु भएको गित कुन थियो नि ?
मैले शुरुमा २०५८ सालमा निकालेको गीत जाउला सुर्खेत भेरी पुल तरेर भन्ने हो । जसलाई श्रोताले रुचाईदिनु भयो र मेरो सांगितिक यात्रा पनि शुरु भयो ।
–कुनै अविस्मरणिय क्षण छ तपाईको जीवनमा ?
अहिले पनि मलाई सम्झदा कहाँली लागेर आउँछ । बलु आर.सि र म एक पटक बिहाँन घाँस काट्न गएका थियौ, घाँस काट्ने ठाँउ चाँही मेरो घरबाट २-३ घण्टा हिडेर जानुपर्ने अनि फर्किदा घाँसको भारी बोकेर आउनु पथ्र्यो । हामी सधैभरी त्यसरि नै दुई भई घाँस काट्न जान्थ्यौ मंसिरको महिना थियो । एक दिन मेरो मम्मीले घाँस काट्न जाँउ दुई भाई अनि पछि आएर घट्ट जाउला भन्नु भएको थियो ।
दिँउसोको १२-१ बजे तिर हामि हिँडेर घट्ट गयौ त्यति बेला सानै भएको कारण त्यति कसैसँग बोल्न पनि अप्ठेरो लाग्थ्यो । बलुले म घर जान्छु भन्नु भयो । घर अलि टाढा नै थियो अरु वरिपरी कोहि थिएन् । ठुलो खोलाको विचमा एउटै घट्ट थियो त्यो एउटा मरेको लास लिने ठाँउ हो, मसानघाँट । साँझ फर्किन्छु भनेको मान्छे फर्किनुभएन अहिले आउनु हुन्छ होला भन्दै बाटो हेर्दा हेर्दै पुरा रात वित्यो तर आउनु भएन । रातभरी ननिदाएरै बसें । बिहाँन जब उज्यालो भयो अनि त मलाई पुर्नजन्म पाएको जस्तो अनुभुति भयो जुन पल म कहिले पनि भल्न सक्दिन ।
–माया प्रेममा पर्नुभयो कि नाई त ?
हाहाहा… म एक पुरुष हो भन्ने त्यतिबेला मात्र थाह भयो जतिबेला म स्नातक तह पढ्दै थिए, मेरो एक जना गाउँकै बहिनीको साथिले मलाई मन पराउन थालेको कुरा म सहजै अनुमान लगाउन सक्थ्ये । उनी सधै मेरो नजिक रहन चाहन्थिन । त्यस्तै क्रममा मैले उनलाई एउटा प्रेम पत्र लेखे । मैले त्यो पत्र उसलाई पठाउन नपाउदै उसको पत्र मेरो हातमा आएको थियो अनि थाह भयो कि म पनि प्रेममा परेछु भन्ने ।
– जीवनमा यहाँको रहर के छ ?
एक स्थापित गायक हुने मेरो ठुलो रहर छ ।
–यो क्षेत्रमा नआएको भए कुन क्षेत्रमा के गर्दै हुनुहुन्थ्यो यतिबेला ?
म गायक नै हुन्थ्ये होला या त एउटा म्यूजिक कम्पनिको मालिक हुन्थे होला ।
–अहिले सम्म कति वटा गीतहरु लेख्नु भयो र कति वटा गीतमा आफ्नो स्वर दिनुभएको छ ?
अहिले सम्मा मैले १६ वटा गीतमा स्वर दिएको छु जसमा ७ वटा आधुनिक र ९ वटा लोकदोहोरी गीत रहेका छन् भने ३० वटा जति आधुनिक र १६ वटा लोकदोहोरी गित लेखेको छु ।
–गंग विबश आर.सी. कस्तो मान्छे हो ?
गंग विबश आर.सि. एक कर्तव्यनिष्ठ कर्मचारी हो र एक कला तथा साहित्यको संरक्षक हो ।
–यदि भगवानले तपाई लाई केही कुरा माग म पुर्याउछु भन्नुभयो भने के माग्नु हुन्छ ?
म एक सफल लोकगायक बन्न पाँउ भनेर माग्छु ।

Leave a comment

Your email address will not be published.


*