18 October 2017|   बुधबार, कार्तिक १, २०७४

रेखाले माअोबादी त्यागिन, अब राप्रपा चुन्दै

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७३     3:16:32 AM  | 117 पटक पढिएको   |  
काठमाडाैंः अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएकी छन्। राप्रपा नेपाल र राप्रपाबीचको एकताका अवसरमा पार्टी प्रवेश गरेकी गायिका कोमल वलीले फेसबुकमा थापासँगको संयुक्त तस्बिर राख्दै थापाले राप्रपा चुनेको बताएकी हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग नाचेपछि अभिनेत्री रेखा थापा माओवादीकी हुन् भन्ने धेरैको अड्कल थियो। त्यति मात्र होइन, उनी चुनावमै उठ्ने चर्चा चलिरहँदा मतदाता सूचीमा उनको नाम नै नभएकोसम्म चर्चा चलेको थियो।
कोमल वली पार्टी प्रवेश गरेसँगै सामाजिक सन्जालमा यी दुईको घनिष्ठता बढेको प्रष्ट देखिन्थ्यो। सँगै, सोही समयमा सामाजिक सन्जालमा रेखाले ‘एक राष्ट्रवादी नेता भेटेको’ उल्लेख गरेकी थिइन्। यसपछि रेखा पनि पार्टी प्रवेश गर्ने अड्कल काटिएको थियो। तर, रेखाले कुन नेता भेटेको, राजनीति प्रवेश गर्ने÷नगर्नेबारे खुलाउन चाहेकी थिइनन्। त्यसैबेला सेतोपाटीसँगको कुराकानीका क्रममा रेखाले निकट भविष्यमै रहस्य खुल्ने बताएकी थिइन्।
सोमबार ११ बजे रेखा औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ।

दिपक राज गिरीले गरे ब्यंग्य

देशकै चर्चित अभिनेत्री पार्टी प्रवेश गर्ने भएपछि चासो र चर्चा हुने नै भयो। उसै त रेखा चर्चामा रहिरहने अभिनेत्री हुन्। अब बिभिन्नखाले प्रतिक्रिया पनि आउन सुरु हुनेछन्।
सोमबार रेखा औपचारिक रुपमा पार्टी प्रवेश गर्ने खबर बाहिरिएसँगै हास्य अभिनेता दीपकराज गिरीले आइतबार राति फेसबुकमा स्ट्याटस लेख्दै व्यंग्य कसेका छन्।
रेखाजी राप्रपा मा जाने रे, यो समाचार सुनेर म त खुसी भएँ! हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानि नै हुँदैन। जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ। त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरू।
कुरो क्लियर छ – फिल्म चेन्ज, हिरो चेन्ज। फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’। हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा।
दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ। टिक्नेहरूलाई आफ्नो सम्झ।
हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ!
साभारः सेतोपाटी

Leave a comment

Your email address will not be published.


*