24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

देशलाई पछि धकेल्न राजनैतिक खेलाडी सक्रिय: मन्त्री शिर्पाली

        मेगराज खड्का   |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७३     2:35:33 AM  | 140 पटक पढिएको   |  

रुकुमः युवा तथा खेलकुद मन्त्री दलजित शिर्पालीले देशलाई पछि पार्न राजनैतिक खेलाडिहरु सक्रिय रहेको बताएका छन । संबिधान कार्यन्वयन, संसोधन र महाअभियोग प्रस्ताब लगायतका बिषयमा उक्त खेलाडिहरुले असहयोग गरेर आफ्नो भुमिका निर्बाह गरिरहेको उनको भनाई रहेको छ ।

आइतबार देखि रुकुममा शुरु भएको मध्यपश्चिम क्षेत्र स्तरीय भलिबल प्रतियोगिताको रुकुम सदरमुकाम मुसिकोटमा उद्घाटन गर्दै मन्त्री शिर्पालीले यस्तो कुरा बताएका हुन ।
केहि राजनैतिक खेलाडिहरुले देश पछि धकेल्न प्रयास गरेपनि त्यो सफल नहुने भन्दै जसरी पनि सरकारले प्रस्ताब गरेको संबिधान संसोधन, महाअभियोग प्रस्ताब लगायतका अन्य बिषयहरु सफल भएरै जाने बताए । त्यस्तै खेलकुद विकासको प्रशंगमा नेपालको खेल क्षेत्रमा तिब्र विकास गर्ने उदेश्यका साथ नेपालमै खेलकुद एकेडेमी खोलिने बताए ।

अन्तरिाष्ट्रिय स्तरको खेलकुद सम्बन्धी ज्ञान र सिपका लागि बिदेशको भर नपर्न खेलकुद एकेडेमी खोल्नुपर्ने उनको भनाई थियो । प्रत्येक प्रदेश र स्थानीय निकायहरुमा पनि एक-एक ओटा आधुनिक खेलमैदान निर्माण गर्ने आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको बताउदै मन्त्री शिर्पालीले देशको राजधानीमा मात्र नभएर दुरदराजमा पनि खेलकुदको विकास भएमा मात्र समग्र देशको विकास हुने औल्याए ।

कार्यक्रम सहभागी शहरी विकास राज्य मन्त्री मिठ्ठु मल्लले राष्ट्रिका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने खेल क्षेत्रको नारा पुरा गर्न सबै ईमान्दार बन्नुपर्ने बताईन । भलिवल प्रतियोगितामा मध्यपश्चिमका जिल्लाहरुबाट खेलाडिहरु सहभागि छन ।

Leave a comment

Your email address will not be published.


*