21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

चलचित्र ‘बेफिक्रे’ प्रदर्शनमा आयो

          |   प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७३     5:38:45 PM  | 109 पटक पढिएको   |  

काठमाडौं: रणवीर सिंह, वाणी कपुरलगायत अभिनित चलचित्र ‘बेफिक्रे’ प्रदर्शनमा आएको छ । यसले प्रदर्शनको पहिलो दिन नै बक्स अफिसमा १०.३६ करोड कलेक्सन गरेको छ । चलचित्र नयाँ पुस्ताका दर्शकलाई लक्षित गरी निर्माण गरिएको छ । यद्यपि यो चलचित्र पारिवारिक सदस्यका साथ बसेर हेर्न भने कठिन हुने फिल्म समीक्षकको दाबी छ । भारतीय सञ्चारमाध्यम भाष्कर डटकमले चलचित्रमा खासै नयाँपन नरहे पनि पेरिसमा छायांकन गरिएको र त्यहाँको सुन्दरतालाई चलचित्रले आकर्षक तरिकाले कैद गरेको लेखेको छ ।
दिल्ली निवासी धरम (रणवीर सिंह) एड्भेन्चरको खोजीमा पेरिस पुग्छन् । त्यहाँ उनको भेट शायरा गिल (वाणी कपुर) सँग हुन्छ । सुरुमै यी दुईबीच खटपट हुन्छ र कुनै प्रकारको प्रेम हुन नसक्ने अडान हुन्छ । तर, नचाहेरै पनि यी दुई प्रेममा पर्छन् । यिनको मित्रता र सम्बन्धमा धेरै उतारचढाव आउँछन् । यसबारे जान्न तपाईँले चलचित्र नै हेर्नुपर्ने हुन्छ । निर्देशक आदित्य चोपडाको यस चलचित्रको कथानकमा त्यस्तो कुनै नयाँपन भने छैन । चलचित्र हेरेपछि दर्शकलाई कुनै हलिउडका दुईचार चलचित्र मिलाएर ‘बेफिक्रे’ बनाएको रहेछ भन्ने लाग्छ ।
‘बाजीराव मस्तानी’, गोलियोँकी रासलीलाः रामलीला’ जस्ता चलचित्रमा शानदार प्रस्तुति दिएका रणवीरले एकपटक फेरि उनको पर्फेक्टनेसलाई प्रमाणित गरिदिएका छन् । ‘बेफिक्रे’ मा रणवीरको डेब्यु फिल्म ‘बेन्ड बाजा बारात’ को झलक देख्न पाइन्छ । उक्त चलचित्रमा समेत रणवीर अनुष्कासँग प्रेम प्रस्ताव गर्न नमानिरहेको देखिएका थिए । ‘बेफिक्रे’मा समेत यस्तै देख्न सकिन्छ । यद्यपि रणवीर आफ्नो भूमिकामा परफेक्ट देखिन्छन् । तर, वाणीको बारेमा यस्तो भन्न सकिँदैन । सर्जरीपछि उनको लुक बिग्रिएको छ । र, यो स्क्रिनमा समेत प्रष्ट देखिएको छ ।
आदित्य चोपडाको निर्देशनमा बनेको यो चौथो चलचित्र हो । ‘बेफिक्रे’ भन्दा पहिले उनले दिलवाले दुल्हनिया ले जाएंगे (सन् १९९५) मोहब्बतें (सन् २०००), रब ने बना दी जोडी (२००८) निर्देशन गरेका थिए । उनका तीनै चलचित्र पारिवारिक थिए । तर, ‘बेफिक्रे’ पूर्ण रूपमा नयाँ जेनेरेशनमाथि फोकस गरिएको छ । चलचित्रमा २३ किसिङ सिन रहेका छन् । यो चलचित्रको सबै छायांकन पेरिसमा गरिएको छ । त्यहाँको शानदार लोकेशनलाई आदित्य चोपडाले सुन्दरतापूर्वक फ्रेममा उतारेका छन् ।
नसे दी चढ गई.. र उडे दिल बेफिक्रे फिल्म रिलिजभन्दा पहिले नै हिट भइसकेका छन् । यसको संगीत विशाल–शेखरले गरेका हुन् । मिकी म्याकलेरीको पाश्र्व संगीत पनि चलचित्रको सुन्दर पक्ष हो ।
योङ स्टार्स यसलाई मन पराउँछन् । तर, परिवारसँगै बसेर भने हेर्न सकिँदैन ।

Leave a comment

Your email address will not be published.


*