18 October 2017|   बुधबार, कार्तिक १, २०७४

पूर्वान्चलमा क्षेत्रीय ब्याडमिन्टन सुरु

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     5:26:52 PM  | 60 पटक पढिएको   |  

काठमाडौं । पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता ललितपुरमा बुधबार सुरु भएको छ । महिलातर्फ २६ र पुरुषतर्फ ६९ खेलाडीले छनोट प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पहिलो दिन ललितपुरका क्यारोन महर्जनले बाराका जितेन्द्र यादवलाई १८–२१, २१–१५, २१–१९ले पराजित गर्दै दोस्रो चरणममा स्थान बनाए ।

यस्तै ललितपुरकै दिपेश शाक्यले नुवाकोटका विक्रम भण्डारीलाई २१–५, २१–५ को सोझो सेटमा हराए । यस्तै बुधबार भएको प्रतियोगिताबाट दोस्रो चरणमा प्रवेश गर्नेहरुमा प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, विजय के.सी. धनुषा, साईनिङ्ग महर्जन ललितपुर, हरी गोतामे धादिङ्ग, सन्तोष श्रेष्ठ दोलखा, भिमबहादुर थापा ललितपुर, रेवती कार्की मकवानपुर, रमेश श्रेष्ठ सिन्धुपाल्चोक, बरुणकुमार दाहाल महोत्तरी, भुपाल राना सर्लाही आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको समिरबहादुर सिंहले जानकारी गराए ।

सुदूरपश्चिमाञ्चल
यस्तै सुदूरपश्चिमाञ्चलको टिकापुरमा जारी कराते प्रतियोगिताको पुरुष तर्फ आकाश पाल प्रथम हुंदै राष्ट्रिय प्रतियोगिताको लागि छनोट हुन सफल भएका हुन् । उनले ५० केजी समूहमा नरेश बोगटीलाई पराजित गरेका थिए । यस्तै ५५ केजीमा गणेश विकले दीपक भण्डारीलाई, ६० केजीमा राजेन्द्र अवस्थीले गोविन्द बानियाँलाई तथा ६४ केजीमा मोहमद सेख आलमले खेल जोशीलाई पराजित गर्दै पूर्वाञ्चलमा हुने साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका छन् ।

यस्तै महिलातर्फ ४५ केजीमा निषा थापाले बर्षा साउदलाइ, ५० केजीमा अन्फ विष्टले निर्मला भखामीलाई पराजित गर्दै छनोट हुन सफल भए । प्रतियोगिताको महिला एकल कातामा बर्षा बिष्ट र सुनिता सुनार पहिलो र दोश्रो तथा पुरुषतर्फ ललित खत्री प्रथम भए । यस्तै समूह कातामा महिला तर्फ कञ्चनपुर र कैलाली तथा पुरुषतर्फ कैलाली र कञ्चनपुर पहिलो र दोस्रो भए ।

पश्चिमाञ्चलबाट ह्यान्डबल र भारोत्तोलन खेलाडी छनोट
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट ह्यान्डबल पुरुष र भारोत्तोलनका खेलाडी छनोट भएका छन् । ह्यान्डबलमा कास्कीका खेलाडीले वर्चश्व जमाएका छन् । छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन् । छनोट प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न खेलबाट विशाल बस्नेत(कास्की), बिमल अधिकारी (कास्की), सन्दिप खड्का (कास्की), दिनेश श्रेष्ठ (कास्की), प्रेम गुरुङ (कास्की), सरन थापा (कास्की), चन्द्र केसी (कास्की), भासु गुरुङ (कास्की), सुरज देवकोटा (कास्की), प्रतिक भुजेल (रुपन्देही), प्रतिक थापा (रुपन्देही), प्रचन काला (बाग्लुङ), कल्याण भण्डारी (बाग्लुङ), डम्वर बहादुर महतो (नवलपरासी) रहेका छन् भने बैकलपिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी (कास्की) रहेका छन् ।

भारत्तोलन
यस्तै भारत्तोलनमा कास्कीका भोजबहादुर विक ६६ केजी तौल समूहमा छनोट भएका छन् भने ६२ केजी तौल समूहमा धनबहादुर झाँक्री मगर र ५६ केजी तौल समूहमा पुष्कल थापा छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता सचिवालय कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

एथ्लेटिक्स
छनोट प्रतियोगिता अन्र्तगत ५ हजार मिटर दौड पुरुषमा प्रकाश कुँवर (पर्वत)ले स्वर्णपदक जिते । उनले १६ मिनेट ५० सेकेन्डमा दुरी पूरा गरे । आर्यन सिग्देल(गोर्खा)ले १७ मिनेट १७ सेकेन्डमा दुरी पार गदै रजत  जित्दा १७ मिनेट ४४ सेकेन्डमा दुरी पुरा गदै प्रताप भुसाल(पर्वत)ले कास्य पदक जिते । ५हजार मिटर महिला दौडमा दोलमया महतो(नवलपरासी)ले स्वर्ण, सिता सेन(गुल्मी)ले रजत र बबिता चौहानले कास्य पदक जितिन् । त्यस्तै १ सय मिटर पुरुष दौडमा जयसदामराम चौधरी(कपिलबस्तु)ले स्वर्ण जिते भने विकासकुमार शाह(कास्की)ले रजत र युवराज थापा(तनहुँ)ले कास्य पदक जिते । १ सय मिटर महिला दौडमा विपना परियार(नवलपरासी)ले स्वर्ण जितिन भने रिमा कार्की(म्याग्दी)ले रजत र अनिषा भण्डारी(कास्की)ले कास्यपदक जितिन् । छनोट अन्र्तगत एक सय गुणा चार रिले पुरुषमा कपिलबस्तुले स्वर्णपदक जित्यो भने कास्कीले रजत र नवलपरासीले कास्यपदक प्राप्त गर्न सफल भयो । ४ सय मिटर पुरुष दौडमा सन्दिप चौधरी(कपिलबस्तु)ले स्वर्ण, युवराज थापा(तनहुँ)ले रजत र टिकराज गुरुङ(स्याङजा)ले कास्य पदक जिते ।

ट्रिपलजम्प
छनोट प्रतियोगिता अन्र्तगत बुधबार भएको ट्रिपलजम्प पुरुषतर्फ जोयेन्द्र गुरुङ(लम्जुङ)ले स्वर्ण, जयसराम चौधरी(कपिलबस्तु)ले रजत र प्रकाश राना मगर(नवलपरासी)ले कास्य पदक जिते । त्यस्तै ट्रिपलजम्प महिलामा विपना परियार(नवलपरासी)ले स्वर्ण, प्रतिमा थापा(लमजुङ)ले रजत र ज्योती श्रेष्ठ(तनहुँ)ले कास्य पदक जितिन् । त्यस्तै डिसकस थ्रो पुरुषतर्फ केशब कुमाल(गुल्मी)ले स्वर्ण, भद्रबहादुर खत्री थापा(तनहुँ) रजत र विनोद थनेत(नपलपरासी)ले कास्य पदक प्राप्त गरे । डिसकस थ्रो महिला तर्फ मनिष आले(कास्की)ले स्वर्ण, सोनु नेपाली(कास्की)ले कास्य र लक्ष्मीदेवी थारु(नवलपरासी)ले कास्यपदक जितिन् ।

मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।

Leave a comment

Your email address will not be published.


*