24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

जाजरकोट राप्रपा अध्यक्षमा शाह चयन

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७३     7:21:22 AM  | 111 पटक पढिएको   |  

जाजरकोटः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीचको एकता बैठकले कृष्ण विक्रम शाहको अध्यक्षतामा ४५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।

४५ सदस्य जिल्ला कार्य समितिको सह–अध्यक्षमा ४ जना रहेका छन् । ४ जना सह–अध्यक्षमा शोभा शाही, युद्धवीर सिंह, कृष्णबहादुर सिंह र प्रबेश बिक्रम शाह रहेका छन् ।

जिल्ला सदरमुकाम खलंगामा शनिबार सम्पन्न भएको एकता भेलाले चयन गरेको कार्यसमितिमा दुबै पार्टीका जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु यथावत रहने ब्यबस्था बैठकले गरेको छ । एकता बैठकको अध्यक्षता कृष्ण बिक्रम शाहले गरेका थिए भने, प्रमुख अथिति केन्द्रिय सदस्य दीपबहादुर शाही रहेका थिए ।

Leave a comment

Your email address will not be published.


*