24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

प्रहरी र संचारकर्मी सँगसँगै अगाडी बढौं

        जनक सिंह   |   प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७३     7:11:49 AM  | 157 पटक पढिएको   |  

जाजरकोटः लामो समय देखि रिक्त रहेको जाजरकोट प्रहरी प्रमुखमा प्रहरी नायब उपरिक्षक भावेश रिमालले जिम्मेवारी पाएका छन् । यस अघि उनी प्रहरी केन्द्रिय कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
आईतबार विहान पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले जाजरकोटको सुरक्षा व्यवस्थाका चुनौतिहरुबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा बोल्दै आफू मिडिया मैत्री भएकाले संचारकर्मीहरुसँगको प्रभावकारी समन्वयमा आफू विश्वास गर्ने उनको भनाई थियो ।
पछिल्लो समय जाजरकोटमा आपराधिक गतिविधि बढेको भन्दै हात हतियार तथा लागू औषध चरेस, अफिमको ओसारपोसार जस्ता आपराधिक गतिविधिलाई तदारुकताका साथ प्रहरीले नियन्त्रणमा ध्यान दिनुपर्ने संचारकर्मीहरुले सुझाव दिएका थिए ।
अफिम, चरेस जस्ता लागू औषधको खेती गर्दा कानूनी कारवाही हुने बारे जनतामा ज्ञान नभएका कारण सर्वसाधारण मर्कामा पर्न सक्ने भएकाले यसतर्फ पनि प्रहरीले सचेत गराउनुपर्ने संचारकर्मीहरुको सुझाव थियो ।

त्यस्तै, घरेलु मदिरा नियन्त्रण, प्रहरी चेकपोष्ट व्यवस्थापन, जिल्लाको बहुमुल्य जडिबुटी चोरी निकासी जस्ता विषयमा प्रहरीले आवश्यक समन्वय गरी कार्य गर्नुपर्ने संचारकर्मीहरुले धारणा राखेका थिए ।
अपराध नियन्त्रणमा संचारकर्मी र प्रहरीसँगसँगै अगाडी बढ्नुपर्ने साझा धारणा राखिएको थियो ।

Leave a comment

Your email address will not be published.


*