20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     5:24:55 PM  | 72 पटक पढिएको   |  

5152226984-news

काठमाडौं । भारतको सिलगुढीमा आयोजना हुने चौथो महिला साफको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टिमले मलेसियाको महिला राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

खेल आउदो पुस दुई गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने दिउसो दुई बजेपछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । (एन्फा) को आग्रहमा मलेसियाको महिला फुटबल टोली नेपाली महिला टिमसँग मैत्रीपूर्ण खेल खेल्न तयार भएको एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि मलेसियाको महिला टोली मंसिर ३० गते काठमाडौं आइपुग्ने कार्यक्रम छ । चौथो महिला साफको तयारीमा रहेको महिला टिमको तयारीलाई थप बलियो बनाउन मलेसियासँग मैत्रीपूर्ण खेल राखिएको एन्फाले जनाएको छ ।

नेपाली महिला टिम अहिले भारतको सिलगुढीमा आयोजना हुने चौथो महिला साफ च्याम्पियनसिपको तयारीमा छ । महिला टिमले दैनिक दुईपटक प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षणमा ३० खेलाडी समावेश छन् । नेपाली महिला टिमलाई पूर्व राष्ट्रिय खेलाडी कुमार थापा र अस्मिता खवासले प्रशिक्षण दिइरहेका छन् ।

Leave a comment

Your email address will not be published.


*