20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सामाजिक सुरक्षा भत्ता बितरणमा ढिलाई

        र्इ-खबर डेस्क   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     5:22:43 PM  | 87 पटक पढिएको   |  

जाजरकोटः भेरीमालिका नगरपालिका खलंगाले यस आर्थिक बर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेको सेवाग्राहीले गुनासाे गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता नपाउदा गाउँका जेष्ठनागरिक, एकल महिला, अपांग, र बेसाहारा बृद्ध बृद्धालाई निकै समस्या परेको वडा नागरिक मञ्चका संयोजक चन्द्र बहादुर विकको भनाइ छ ।

यता नगरपालीकाले दिने सबै सेवाहरुको कम्प्युटर प्रणालीमा लिएर सुचारु गर्नु पर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक वितरणमा ढिलाई भएको नगरपालिकाले जनाएको छ ।

अब सबै तथ्यांकहरु कम्प्युटरको सफ्ट्वयरमा भरिसकेको र सबै डाटाहरु रुजु गरेर एक हप्ता भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिने तयारी रहेकाे नगरपालीकाका कार्यकारी अधिकृत राम प्रसाद शर्माले जानकारी  दिए ।

Leave a comment

Your email address will not be published.


*