20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

बिश्वका ११ वैज्ञानिकका पागलपनका राेचक र लुकेका तथ्यहरू (फोटोफिचर सहित)

        एजेन्सी   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     4:37:52 PM  | 160 पटक पढिएको   |  

बैज्ञानिकहरूका लुकेका अनौठो स्वभावकाे बारेमा जान्नुहाेस्

कुनै पनि काममा सफलता हात पार्नका लागि त्यसमा पूर्णरुपले दत्तचित्त र समर्पीत भएर लाग्नु जरुरी छ । जव कुनै मानिसले आफ्नो पुरा ध्यान आफुले गर्न लागेको काममा केन्द्रित गर्दछ भने उ अवश्य पनि केहि एकोहोरो हुन्छ । यो स्वाभाविक प्रकृया पनि हो । नेपालकै महाकवि लक्ष्मी प्रसाद देवकोटाको कुरा गर्ने हो भने पनि उनि कविता लेख्न थालेपछि हातमा सल्काएको चुरोट बलीसकेर आफ्नो हात पोलेको समेत पत्तो पाउदैन थिए । यतिमात्र नभइ एकपटक कविता बाचन गर्दागर्दै उनले मन्चमै नाँकबाट तरतरि सिगान बगेको समेत पत्तो पाएनन र उनका सहकर्मी कवि लेखनाथ पौडेलले रुमालले मन्चमै सीगान पुछिदिएका थिए ।

जसका कारण यति ठूला महाकविलाइ पनि कयौले पागल समेत भनेर गिज्याए । यतिमात्र नभइ उनलाइ उपचारका लागि राँची समेत लगेर राखियो । यस्तै विश्वका केहि वैज्ञानिकहरु छन जसले पागल बनेर भए पनि आफ्ना आविश्कारहरु पुरा गरेरै छाडे । यि मध्ये केहि आफुले गरेको आविश्कार घडी,सिडी लगायत खाने देखि लिएर केहि चााहि आफैले गरेका आविश्कार आफैमाथि प्रयोग गरि ज्यान समेत छाडेर मृत्युवरण गर्न पुगेका छन । अन्तत धेरैले सफलता हासिल गरेरै छाडे । हेरौ विश्वका केहि वैज्ञानिकहरु जसले हदैसम्मको पागलपन देखाए तर सफलता पनि हासिल गरेरै छाडे ।

१.थोमस एल्भा एडिसन : यिनले आफ्नो जीवनमा थुपै्र आविश्कारहरु गरे । विद्युतिय क्षेत्रमा यिनको अतुलनिय योगदान छ । यदि उनले बिजुलीको आविश्कार नगरेको भए आज पनि हामि टुकी बालेर बस्नु पर्दथ्यो । उनि एकदम सहनशिल थिए उनले यो आविश्कारको लागि दश हजार पटक असफल भएका थिए । र अन्तमा प्रयाश गर्दा गर्दा सफल भएरै छाडे । वास्तवमा यो एक किसीमको उनको पागलपन नै थियो । यदि उनि थाकेको भए आज हामिले बिजुलीको उज्यालो अवश्य पाउने थिएनौ ।

alva-edison
२.रबर्ट चेसबुफ  : यिनले भ्यासलिन बनाएका थिए । अचम्मलाग्दो कुरा त के छ भने यिनि आफुले बनाएको भ्यासलिन हरेक दिन खाने गर्दथे ।

vaslene
३.फ्रान्च रेचल्ट : यिनी उड्ने साधनका आविश्कारक हुन । यिनको मुर्खता यतिसम्म थियो कि यिनले आफुले बनाएको साधन परीक्षण गर्नका लागि आइफिल टावरबाट हामफालेर ज्यान फालेका थिए ।

franch ruchelt

४.बकमिन्टर फुलर : यिनी एक आर्किटेक थिए । यिनी दिनमा जम्मा २ घन्टामात्र सुत्ने गर्दथे । यिनि फरक फरक ठाउमा जाँदा पनि समय थाहा होस भनेर तीनवटा घडि लगाएर हिड्ने गर्दथे ।

bakmintar fular
५.लियो फेन्डर : यिनले टेलिकास्टर र स्ट्राटाकास्टर नामका प्रख्यात गितार बनाएका थिए । तर अचम्मको कुरा के हो भने उनि आफुभने एक कर्ड पनि बजाउन सक्दैनथे ।

liya frender

६.अबु नसर इस्माइल इबिन हममद अल जवारी : यिनी आफ्नो नाम जस्तै स्वभावका थिए ।उनले अग्ला भवनबाट आफुले बनाएको काठका पखेटाहरुको आविश्कार गर्ने क्रममा जीवन खेर फालेका थिए ।

abu nasar

७.रुडाल्फ डिजल : इनले डिजल इन्जिनको आविश्कार गरेका थिए । तर इनले आत्महत्या गरे,आत्महत्याको कारण चाँहि यिनले आफ्नो आविश्कार सफल हुन्छ भनेर जीवनमा कहिल्यै नसोचेकाले आत्महत्या गरेको बुझिन आएको थियो ।

rudalf dizel

८.विलियम चेस्टर माइनर : यिनले अक्सफोर्डको शब्दकोषमा सबैभन्दा बढि शव्द हालेका थिए । तर रोचक कुरा के छ भने उनले हत्या गरेका मानिसका यादले गर्दा हुने डरबाट सो काम गरेका थिए ।

willim chestor

९.योसिरा नाकामत्सु : यिनी एक जापानका आविश्कारक हुन । यिनी पनि धेरै समय बाँच्ने चाहनाले गर्दा आफुले बनाएको घडि सि.डि लगायत सबै खाने गर्दथे ।

yosira nakamastu

१०. हेनरि क्याभेन्डिस : यिनी हाइड्रोजनका आविश्कारक हुन । तर यिनको अचम्मको स्वभावका कारण सयौ बर्ष पछि मात्र यो कुरा बाहिर आयो । यिनि घरबाट बाहिर कहिल्यै ननिस्कने स्भावका थिए त्यसैले गर्दा कतिले त उनको आविश्कारलाइ आफ्नै भनेर नाम समेत कमाउन सफल भएका थिए ।

hanery kanvedis
११.टाइचो ब्राहे : यिनको स्वभाव पनि अनौठो किसिमको थियो । यहाँ सम्मकी टेबुलमा बसेपछि पिसाव लाग्दा समेत यिनि कहिल्यै उठ्दैनथे । जहिले पनि टेबुलमा बस्ने यिनि अन्तमा मृगौलाको पत्थरि भएर मरेका थिए ।

taicha brahe

 

 

Leave a comment

Your email address will not be published.


*