18 October 2017|   बुधबार, कार्तिक १, २०७४

बालिका बलात्कार गर्ने ८२ बर्षिय बृद्धलाई आठ वर्ष कैद

        मेगराज खड्का   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     4:19:45 PM  | 113 पटक पढिएको   |  

रुकुम: गाउँकै नातिनी नाता पर्ने ११ बर्षिय बालिकालाई जबजस्ती करणी गरेको भन्दै जिल्ला अदालत रुकुमले एक बृद्धलाई आठ वर्ष कैद र ५० हजार क्षतिपुर्ति तिर्ने फैसला गरेको छ । खारा गाविस वडा नं. १ बस्ने ८२ वर्षिया शिवराम खड्कालाई उक्त पैmसला सुनाएको अदालतका श्रेस्तादार तेजप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला न्यायाधिस डण्डपाणी शर्माको एकल इजलासले उक्त पैmसला गरेको हो । खड्काले घरमा कोहि नभएको मौका छोपी उक्त बालिकालाई २०७३ भदौ २२ गते घरमै जबरजस्ती करणी गरेका थिए ।

दोषीलाई कानुनी कारवाहीको फैसला पाएपछि पीडितका आफन्तहरुहरु पनि खुशी हुने र यस्ता फैसलाले बलात्कारका घटना रोक्न केहि सहयोग पुग्ने महिला अधिकारकर्मीहरुले बताएका छन् । तर यस फैसला कार्यन्यनमा आउन भने पुनराबेदन अदालतबाट सदर हुनुपर्ने अदालत रुकुमले जानकारी दिए ।

जबरजस्ती करणीको मुद्धा फैसलामा अवस्थामा १० देखि १५ बर्ष सम्म कैद सजाय हुने भएपनि खड्काको उमेर हदका ८ बर्ष मात्र कैद सजाय भएको हो ।

Leave a comment

Your email address will not be published.


*