20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

‘वान टेक’ मुभी ‘जालो’ अब एडिटिङ रुममा

          |   प्रकाशित मितिः बुधबार, मंसिर २२, २०७३     5:17:43 PM  | 81 पटक पढिएको   |  

काठमाडौं । ‘वान टेक’ मुभी ‘जालो’ र ‘जालो रिटन्र्स’ एडिटिङ रुममा पुगेको छ । एक टेकमा चार घण्टा लामो दुई वटा चलचित्र छायांकन गरिएको थियो ।

“एक टेकमै छायांकन गर्नु पर्ने भएकोले यसलाई दृश्य हटाउन र थप्न त मिल्दैन । तर, डविङ, पृष्ठभूमीको संगीत जस्ता पक्ष भने राखिन्छ ।”

अघिल्लो साता गिनिज बुक रेकर्डको टोलीको उपस्थितिमा ‘जालो’ र ‘जालो रिटन्र्स’ खिचिएको थियो ।
अहिलेसम्म भारतमा खिचिएको तीन घण्टा ३९ मिनेट ४ सेकेन्ड लामो वान टेक मुभीको विश्व रेकर्ड छ ।
‘जालो’ र ‘जालो रिटन्र्स’ मा निर शाह, अनुपविक्रम शाही, रविन्द्र खड्का, मेनुका प्रधान, मुना गौचन, रेमन्डदास श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

मोहित मुनालको निर्माण रहेको चलचित्रमा ५ वटा गीत छन् भने “रोमान्स, द्वन्द्व, सबै पक्ष रहेको निर्देशक गिरीले बताए ।
‘जालो’ २०७४ को वैशाख या जेठमा प्रदर्शन गर्ने तयारी गरिएको र ‘रिटन्र्स’ त्यसको करिव ६ महिनापछि रिलिज गर्ने निर्देशक गिरीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*