20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

कपाललाई कति लाभदायक तोरीको तेल ?

          |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     2:07:14 PM  | 44 पटक पढिएको   |  

अझै पनि नेपाली समाजमा विशेष गरेर ग्रामीण भेगमा बच्चादेखि वृद्धसम्मका कपालको स्याहार – सुसारका लागि कपालमा तोरीको तेल नै प्रयोग गरेको पाइन्छ । शहरी क्षेत्रमा भने विभिन्न वास्नादार तेलले तोरीको तेललाई लगभग विस्थापित गर्ने अवस्था नै छ । आधुनिक सौन्दर्यका प्रशाधन शुरु हुन अघि नै प्राचिन समयमदेखि नै हाम्रो समाजमा प्रचलित तोरीको तेल लगाउने परम्परा वास्तवमै कपालका लागि उपयोगी छ ? यसैबारे यहाँ चर्चा गरिंदैछ –
लामा तथा सुन्दर कपालका लागि भनेर हिजोआज बजारमा विभिन्न खाले तेलहरु आकर्षक प्याकेजिङमा देख्न पाइन्छ ।

mustard oil

तेलको यो भीडमा तोरीको तेलको आफ्नो पृथक पहिचान छ,, आफ्नै विशिष्ट गुणहरुका कारण । कपालका लागि लाभदायक सेलिनियम, जिन्क आदि तत्वका साथै ए, डि, इ तथा के लगायतका भिटामिन तोरीको तेलमा पाइन्छ । यसमा भएको भिटामिन ए ले कपाल लामो हुनमा निकै मद्दत पु–याउँछ । यसका साथै तोरीको तेलमा पाईने क्यालसियम, आइरन , म्याग्नेसियम तथा फ्याटी एसिड जस्ता तत्वले कपाललाई बलियो तथा राम्रो देखाउन महत्वपूर्ण भूमिका खेल्दछ । भिटामिन , क्याल्सियम तथा ओमेगा – ३ नामक फ्याटी एसिडले कपाललाई बलियोमात्र होईन कपाल झर्नबाट समेत रोक्दछ । यसका साथै फ्याटी एसिडले कपालको प्राकृतिक सुन्दरता तथा चम्किलोपनमा अभिवृद्धि गर्न सघाउँछ ।
तोरीको तेलको प्रयोग –
त्यसो त कपालमा तोरीको तेलको प्रयोग तरिकाबारे हामी अनभिज्ञ छैनौं तथापी उपयुक्त तरिकाले प्रयोग गरिंदा अझ बढी फाइदा लिन सकिन्छ –
यदि कसैको कपाल निकै रुखासुखा छ भने तोरी तेल नै उपयुक्त विकल्प हो , तोरीको तेलले कपाललाई प्राकृतिक रुपमा आद्र्रता प्रदान गर्दछ । यसको नियमित प्रयोगबाट कपाल बढी मुलायम तथा चम्किलो देखिन्छ ।
तोरीको तेललाई मनतातो तताएर कपाल तथा टाउकोमा प्रयोग गर्नाले निकै आराम महशुस हुनुका साथै कपालका जरामा तेल राम्ररी पुग्न सक्दछ । यसरी मालिस गर्दा तिखा नङ्गहरुबाट भने सावधान हुनुपर्दछ किनकि यसले कपालका जरामा असर पार्न सक्दछ । निकै लामा कपाल हुनेहरुले यसलाई राम्ररी मालिस गर्नु बेस हुन्छ , कपालका जरादेखि टुप्पासम्म । यसरी मालिस गर्दा कपाल वा टाउकोमा तेल पूरै शोषिएको भने हुनुपर्दछ ।

hot-oil-head-massage-ss
कपालमा तेल कति परिणाममा चाहिन्छ भन्ने विषय कपालको अवस्था र घनत्वमा निर्भर गर्दछ । यदि कपाल सुख्खा तथा बिग्रिएको छ भने कम्तिमा दुई घण्टासम्म कण्डिसनिङका लागि तेल कपालमा लगाएर राख्नुपर्दछ अथवा रातभरि पनि राख्न सकिन्छ । यस्तो अवस्थामा हेयरव्याण्डले आफ्नो कपाल बाँध्न वा सावर क्याप आफ्नो टाउकोमा लगाउन सकिन्छ । भोलिपल्ट कपाल राम्रो ब्राण्डको स्याम्पु लगाएर दुई पटकसम्म धुनु पर्दछ । यसप्रकारको हेयर मसाज हप्ताको एक पटक गरिंदा कपाल झर्ने समस्याबाट धेरै हदसम्म मुक्ति पाउनुका साथै कपाल चम्किलो पनि हुन्छ ।
कपाल लामो बनाउन तोरीको तेल प्रयोग गर्दा पु–याउनुपर्ने केही विचार–
हेयर थेरापीका लागि तोरीको तेल निकै नै राम्रो विकल्प हो तर रुखासुखा कपालमा प्रयोग गर्दा केही विचार भने पु–याउनै पर्दछ । तोरीको तेल लगाइसकेपछि बाहिर निस्किनु अघि सधै नुहाएरमात्र जानु पर्दछ नत्र तेलको चिल्लोमा बाहिरका धुलो तथा फोहोर टाँसिन सक्दछन् ।
साताका सातै दिन तोरीको तेल कपालमा लगाउनु त्यति उपयुक्त मानिंदैन , हप्ताको तीन दिन यसको प्रयोगले कपालको प्राकृतिक सुन्दरता कायम गर्न सहयोगी हुन्छ ।
हाम्रै बजारमा सजिलै पाईने तोरीको तेल प्रयोग गरेर तपाईको कपालको प्राकृतिक सुन्दरतालाई बढाउन ढिलो किन गर्ने ?

Leave a comment

Your email address will not be published.


*