18 October 2017|   बुधबार, कार्तिक १, २०७४

अफिम कारोबारमा संलग्न २ लाई नगद ८ लाख सहित १६ वर्ष कैद

        ई-खबर डेस्क   |   प्रकाशित मितिः शुक्रबार, मंसिर २४, २०७३     6:02:34 AM  | 78 पटक पढिएको   |  

फाइल तस्बिर

जाजरकोट, मंंसीर २४ः लागु औषध अफिम कारोवारमा संलग्न दुई जनालाई जिल्ला अदालत जाजरकोटले जनही आठ लाख नगद सहित १६ बर्ष जेल सजाय सुनाएको छ ।

जिल्ला न्यायधिस लिलाराज अधिकारीको एकल इजलासले लागु औषध ऐन २०३३ अनुसार जाजरकोट नायकवाडा ६ का निमबहादुर सिंह र नायकवाडा ८ का कुशबहादुर महतारालाई उक्त सजायको फैसला गरेको हो ।

मतियारको रुपमा काम गरेका तकसेरा १ रुकुमका टेकवीर बुढालाई ८ लाख रुपैया जरिवाना सहित १० बर्ष कैद सजाय गरिएको छ । उनीहरुलाई गत असार २२ गते एक किलो चार सय ग्राम अफिम सहित रंगेहात प्रहरीले जाजरकोट खलंगाबाट पक्राउ गरेको थियो ।

अफिमको मुख्य ब्यापारीसँग लैजाने क्रममा विशेष सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अफिमबाट नै लागु औषध ब्राउन सुगर बन्ने गर्दछ । जाजरकोट तथा रुकुमका केही भागमा अफिमको खेती हुने गरेको र यहाँको अफिम देशका ठुला शहर हुदै भारत लगायतका विभिन्न देशमा निर्यात हुने गरेको प्रहरीको भनाई छ ।

पुर्पक्षका लागि थुनामा रहेका तीनै जनालाई फैसला पछि कारागार चलान गरिएको छ ।

Leave a comment

Your email address will not be published.


*