18 October 2017|   बुधबार, कार्तिक १, २०७४

बैदेशिक रोजगारीले जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै

        ई-खबर डेस्क   |   प्रकाशित मितिः शुक्रबार, मंसिर २४, २०७३     4:07:03 AM  | 110 पटक पढिएको   |  

जाजरकोट: जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दाहरु गत वर्षको तुलनामा बढ्दै गएको जाजरकोट जिल्ला अदालतले जनाएको छ । सम्बन्ध विच्छेदको मुल कारण वैदेशिक रोजगार भएको जिल्ला न्यायधिस लिलाराज अधिकारीले बताए ।

अदालतमा यस आर्थिक वर्षको ४ महिनामा सम्बन्ध विच्छेद भनी ३३ उजुरी दर्ता भएका छन् । जसमा २३ वटा मुद्दाहरु फैसला भैसकेका छन् । गएको आर्थिक वर्षमा ६७ वटा सम्बन्ध विच्छेदका उजुरी दर्ता भएकोमा ६१ वटा मुद्दा यस आर्थिक वर्षमा सरेर आएका थिए ।

गएको आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा झन्डै दोब्बरले सम्बन्ध विच्छेदका उजुरीहरु बढेका हुन् । वैदेशिक रोजगार, घरेलु हिंसा, बाल विवाह र आधुनिकीकरणका कारण सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको जिल्ला न्यायधिस अधिकारीले बताए ।

जिल्ला अदालतका अनुसार यस आर्थिक वर्षमा सम्बन्ध विच्छेद पछि अंश मुद्दाका उजुरीहरु बढी परेका छन् । दर्ता बदर, गहना धनमाल, जालसाँज, गाली बेइज्जती, माना चामल, जवरजस्ती करणी लगायत ६५ वटा मुद्दाका उजुरी परेकोमा ४० वटा मुद्दाको टुंगो लागिसकेको र बाँकी २५ वटा मुद्दा फर्छयौट गर्न बाँकी रहेको न्यायधिस अधिकारीले जानकारी दिए ।

पछिल्लो समयमा सम्बन्ध विच्छेद गराउन पुरुषभन्दा महिला नै बढी अदालतमा धाउने गरेका छन् । अधिकासं श्रीमान् विदेश गएका श्रीमतीले सम्बन्ध विच्छेदका उजुरी दर्ता गराएको पाईएको हो ।

Leave a comment

Your email address will not be published.


*