20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

पोखरामा बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     6:09:35 AM  | 68 पटक पढिएको   |  

पोखरा, मंसीर २३

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई बिहीबार पोखरामा जुत्ता प्रहार गरिएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईलाई कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेको प्ररहीले जनाएको छ।

जुत्ता प्रहार गर्ने भट्टराई सोही क्याम्पसमा अर्थशास्त्र विषयका एम.ए. गरिरहेका विद्यार्थी हुन्।

Leave a comment

Your email address will not be published.


*