21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

चलचित्र ‘तूइन’को पहिलो गीत सार्वजनिक

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     5:53:18 AM  | 79 पटक पढिएको   |  

काठमाडाैं, मंसीर २३

करिब २ महिना अगाडी टिजर रिलिजबाट दर्शकहरुको ध्यान आकृष्ट गरेको ‘तूइन’ले आफ्नो पहिलो गीत रिलिज गरेको छ। ‘तूइन’ले फिल्मको शीर्ष गीत रिलिज गरेको हो।

सार्वजनिक गीतमा स्वर पुष्पन प्रधानले दिएका छन् भने उनलाई कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले पनि स्वरमा साथ दिएका छन्। गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ।

 

उत्सवप्रताप थपलियाको निर्देशन रहेको ‘तुइन’ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तूइनको पीडाको कथा भन्ने छ। फिल्मले  ‘तूइन’ प्रयोग गरेर विधालय जाने अनि फर्किने विधार्थीहरुको कथालाई समेत पर्दामा उतारेको छ।

फिल्ममा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल,  न्यन्सा लगायतको अभिनय छ। फिल्मको कथा मोहन गेलालको हो। फिल्मलाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ।

Leave a comment

Your email address will not be published.


*