20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

खोकीले सताउँदा यसरी गराै उपचार

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     3:31:18 AM  | 37 पटक पढिएको   |  

रूघा खोकी सामान्यत सबैलार्इ बेला बेला लाग्ने गर्छ । केही समयपछि अाफै पनि याे निकाे हुन्छ । खाेकी बढी लागेका बेला हामी घर बाहिर निस्कन पनि खासै  रूचाउदैनाै, कारण लहरे खाेकी लागेकाे मान्छे किन साथीहरूसँग बस्दा  वा अफिसमा गएर अरूलार्इ डिस्टर्व गराै जस्ताे लाग्छ । खोकी लागेपछि अस्पताल गएमा या क्लिनिकहरुमा गए खोकीको औषधी दिने गरिन्छ । तर खाेकीकाे उचार घरमै अाफैले पनि गर्न सकिन्छ । खोकी निको पार्न धेरै किसिमका घरेलु उपाय छन् ।

१. सुक्खा खोकीमा कागती र महको उपयोग निकै महत्वपूर्ण मानिन्छ । चिकित्सकहरुले भिटामीन सी हुने सुन्तला र कागतीको सेवन गर्न सल्लाह दिने गर्छन् । दिनमा दुईपटक कागती र महलाई तातो पानीमा मिसाएर सेवन गर्ने हो भने खोकी धेरै दिन रहँदैन ।

२. घाँटी नै दुख्ने किसिमको खोकी भए तातो पानीमा बेसार, ज्वानो र अलिकति नून राखेर सेवन गर्ने हो भने लाभ पुग्छ । यो झोल पदार्थ दिनमा ४ पटक सेवन गर्ने हो भने घाँटी दुख्न बन्द हुन्छ भने घाँटीमा जमेको खोकी पनि बाहिर आउँछ ।

३. यसबाहेक अर्को तरिका पनि छ, जसलाई मह र प्याजको सम्मिश्रण भनिन्छ । यसका लागि प्याजलाई मसिनोसँग काटेर कचौरामा राख्ने, अनि त्यसमा मह खन्याउने । यो मिश्राणलाई प्लाष्टिकले छोपेर एकरातसम्म त्यसै छोडिदिने । बिहानपख मिश्रणलाई चम्चाले चलाउने । यो एकदिन का लागि पर्याप्त हुन्छ । त्यसपछि यो मिश्रण हरेक दुई घण्टामा एक चम्चा खाने  । ओखती सेवन गर्न थालेको केही क्षण पछि नै तपाईले सँचो महशुस गर्नुहुनेछ । यो प्राकृतिक घरेलु ओखतीले तपाईलाई सासफेर्न सजिलो र रुघाखोकीका कारण जम्मा भएको खकार तथा कफ समेत बाहिर निकाल्न सहोग गर्नेछ ।

Leave a comment

Your email address will not be published.


*