20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

नेप्सेमा सूचीकृत संगठित संस्थाले हकप्रद र एफपीओ निष्कासन गर्न पाउने

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     2:35:52 AM  | 74 पटक पढिएको   |  

काठमाडौंः धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था र बिमा बाहेक अन्य संगठित संस्थालाई पनि हकप्रद र थप सार्वजनिक सेयर  निष्कासन (एफपीओ) खुला गरेको छ ।
बोर्डले हकप्रद र एफपीओ निष्कासन शर्त र मापदण्ड तयार गरेर निष्काशन खुला गरेको हो । बोर्डले बुधबार नै मापदण्ड  सार्वजनिक गरेको छ । बोर्डले तयार गरेको नयाँ मापदण्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत संगठित संस्थाले आवश्यक थप पूँजी जुटाउन हकप्रद र प्रिमियम दरमा एफपीओ निष्काशनको बाटो खुला भएको छ ।
केही जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउनका लागि हकप्रद र एफपीओ निष्काशन गरेर लगानी जुटाउन तयारी गरेका छन् । बोर्डले बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रलाई हकप्रद र एफपीओ निष्काशन मापदण्ड तयार गरी खुला गरिसकेको छ ।
हकप्रद र एफपीओलाई बढी पारदर्शी, निष्पक्ष बनाउन आवश्यक नीतिगत व्यवस्था सिफारिस गर्न गठित समितिले पेश गरेको प्रतिवेदन सिफारिसबमोजिम बोर्डले मंगलबार स्वीकृत गरी बुधबार सार्वजनिक गरेको हो ।
मापदण्डअनुसार हकप्रद र एफपीओ निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोगको सम्बन्धमा स्पष्ट वित्तीय योजना र रणनीति साधारणसभाबाट पारित हुनुपर्ने छ । हकप्रद निष्काशनको अनुपात आधार र औचित्य पुष्टि हुनुपर्ने, प्राथमिक शेयर निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने र नियमानुसार कम्पनीको क्रेडिट रेटिङ गरेको हुनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।
यस्तै जारी पुँजी शतप्रतिशत चुक्ता भइसक्नुपर्ने, सम्बन्धित निकायबाट परियोजना सञ्चालन स्वीकृति लिइसक्नु पर्ने, आयोजनाका लागि ऋण लगानीका लागि सैध्दान्तिकपत्र प्राप्त गरिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । मापदण्डले ठूला परियोजनामा थप लगानी जुटाउन सहज हुने बोर्डको भनाइ छ ।
जलविद्युत कम्पनीले पुँजी जुटाउन धमाधम हकप्रद शेयर र एफपीओ निष्काशनको तयारी गरेपछि यसलाई मापदण्ड तयार गरेर व्यवस्थित गर्न बोर्डले रोकेको थियो ।

Leave a comment

Your email address will not be published.


*