20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

भारतको बिजुली नेपालको ग्रीडमा जोड्ने तयारी पूरा, केही साताभित्र जोडिने

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     2:30:05 AM  | 61 पटक पढिएको   |  

काठमाडौं, मंसीर २३

भारतको बिजुली नेपालको २२० केभी क्षमताको ग्रीड प्रणालीमा जोड्ने (सिन्क्रोनाइजेशन ) योजनालाई अन्तिम रुप दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अधिकारीसँग नयाँ दिल्लीमा भएको छलफलपछि यसलाई अन्तिम रुप दिइएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
अधिकारीसहित प्रणाली सञ्चालन विभागका प्रमुख विष्णु श्रेष्ठसहितको नेपाली टोलीले भारतीय अधिकारीसँग छलफलपछि अन्तिम रुप दिएको हो । ग्रीड जोड्ने कामलाई अन्तिम रुप दिने प्राधिकरणका अधिकारी यो साता भारतको नयाँदिल्ली गएका थिए ।
अब केही साताभित्र भारतको बिजुली ढल्केबरबाट विभिन्न ८ सवस्टेशनबाट केन्द्रीय ग्रीड प्रणालीमा जोडिने छ ।  ढल्केबरमा निर्माणाधिन २२० केभी क्षमताको सवस्टेशनको काम निर्धारित समयमा सम्पन्न भई मुजफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट १६० मेगावाट बिजुली आपूर्ति हुने अधिकारीले जानकारी दिए ।  यस्तै कटैया–कुसाह १३२ केभी र रक्सौल–परवानीपुर १३२ केभी क्षमताको प्रसारणलाइनको काम पनि द्रुत गतिमा भइरहेको उनले सुनाए । “२÷ ४ दिन ढिलाइ होला तर अब ३ वटै प्रसारणलाइनको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ” उनले भने  “सबैभन्दा पहिला ढल्केबरको काम सकिनेछ ।”

Leave a comment

Your email address will not be published.


*