20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

दलका नेतासँग छलफल गर्दै सभामुख घर्ती

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     1:46:44 AM  | 76 पटक पढिएको   |  

सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्ने भएकी छन्। सो क्रममा उनले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ। छलफलमा सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गर्नुहुने बुझिएको छ ।

Leave a comment

Your email address will not be published.


*