20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

राष्ट्र र लोकतन्त्रमाथि षडयन्त्रः नेता पौडेल

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     7:40:31 AM  | 97 पटक पढिएको   |  

पोखराः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र जोगाउने चिन्ता कांग्रेसमाथि आइपरेको बताएका छन्। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको पश्चिमाञ्चल अधिवेशनको उद्‌घाटन गर्दै उनले राष्ट्र र लोकतन्त्रप्रति नै षडयन्त्र भइरहेको बताए।

उनले बामपन्थी र दरवारियाहरुले कांग्रेसबिरुद्ध भ्रम फिजाएको बताए। तर, असल चरित्र, विचार र धर्मको बाटोमा अघि बढे कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताए।

मधेशवादी दलहरुको असन्तुष्टीलाई मिलाएर लैजाने चिन्ता पनि कांग्रेसमा रहेको बताए।

Leave a comment

Your email address will not be published.


*