20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

यसरी बढ्यो लोपोन्मुख चीरकालीजको चोरी शिकार

        आर कार्की   |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     7:31:32 AM  | 362 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटमा विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी शिकारी हुने गरेको पाइएको छ। सम्बन्धित निकायको वेवास्ता र संरक्षणको अभावमा विश्वमै लोपोन्मुख अवस्थामा रहेको चिरकालिजको चोरी शिकार बढेको हो।

जिल्लाका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवति, पैक, ढिमे, झाप्रा, अर्छानी लगायतका दर्जन बढी गाउँ विकास समितिमा पाइने चिरकालिजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पंक्षी संरक्षण संघका सदस्य समेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले बताए। विश्वमै दुर्लभ पंक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको उनको भनाइ छ।

एक हजार आठ सयदेखि तीन हजार मिटरको उचाइमा घाँसे भिरपाखा र झाडी भएको पारिलो स्थानमा बस्ने चिरकालिजको संरक्षणको लागि अहिलेसम्म कुनै निकायबाट पहल नभएको सिंहले बताए। सरकारले ९ प्रजातिका संरक्षित चराको सूचीमा चिरकालिजलाई राखेको छ। नियमक निकायले वेवास्ता गर्दा र यसको महत्वबारे स्थानीयलाई जानकारी नहुँदा चिरकालिज मार्ने क्रम बढिरहेको सक्ला–२ का बुद्धि ध्यारले बताए ।
चोरी शिकारीका साथै वन जंगलको विनास र आगलागीका कारण पनि चिरकालिजलाई प्रतिकुल असर परिरहेको छ। जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले मातहतका रेञ्जपोष्टलाई चिरकालिजको चोरी शिकारी रोक्न निर्देशन दिइएको बताए।

Leave a comment

Your email address will not be published.


*