21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

चीनले यस्तो बनायो विश्वकै अग्लो पुल

        एजेन्सी   |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     7:18:17 AM  | 261 पटक पढिएको   |  

बेइजिगंः चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ ।

दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदीदेखि ५६५ मिटर माथि रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् ।

‘यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुका लागि यो पुल निकै उपयोगी भएको छ,’ एक चालकले भने ।

यस पुलले यसअघिको सवै भन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ। विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् ।

भिडियोमा हेर्नुहोस् ।

Leave a comment

Your email address will not be published.


*