20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

टेलिकमका पुराना सिमकार्डमा ‘फोर जी’ नचल्ने

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     6:56:59 AM  | 120 पटक पढिएको   |  
काठमाडाैंः नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखराबाट चौथोपुस्ता (फोरजी) को मोबाइल सेवा आरम्भ गर्ने जानकारी दिएको छ। तर टेलिकमले आरम्भ गर्ने उक्त सेवा हाल नेपाल टेलिकमको सेवा लिइरहेका सबै ग्राहकहरुले पुराना सिमकार्डबाट चलाउन नपाउने भएका हुन्।
नेपाल टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाको लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डलाईमात्र त्यस्तो सेवाको अनुमति हुने एक प्राविधिकले जानकारी दिए। ‘फोरजी सेवा चलाउनको लागि प्रयोगकर्तासँग ‘ कम्प्याटिबल ’ सिम हुनुपर्छ’ ति प्राविधिकले भने, ‘टेलिकमका सबै सिम त्यस्ता छैनन्।’
उनका अनुसार टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएको सिमकार्डमा फोरजी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले उपलब्ध गराउने छ।
तर टेलिकमका साहयक प्रवक्ता सोभन अधिकारीले भने यसबारेमा के कस्तो हुने भन्ने बारेमा आइतबारमात्र घोषणा गर्ने निर्णय भएको  जानकरी  दिए।
‘कुन सिममा चल्ने,कस्ता बिकल्प दिने भनेर हामीले सबै कुरा एकैपटक सार्वजकिन गर्नेछौं।’उनले  सेतोपाटीसँग भने,‘यस बारेको विस्तृत विवरणआइतबारमात्र सार्वजनिक गर्छौ।’
नेपाल टेलिकमले हालसम्म बितरण गरेका बढीमा ५ लाख सिममामात्र फोरजी चल्न सक्ने बताइएको छ। यस्ता सिम देशभर वितरण भएकोले काठमाडौं र पोखराका सबै प्रयोगकर्ताले पुरानै सिमकार्डबाट फोरजी सेवा नपाउने निश्चित भएको छ।
तर यो ‘सफ्ट लन्च’ मात्र भएको तर व्यावसायिक सुरुवातको लागि समयसीमा तोकिने र त्यो अवधिमा सिम अपग्रेडको काम पनि हुने भएकोले उपभोक्ताहरुलाई अप्ठेरो नपर्ने अधिकारीहरुले बताएका छन्।
नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी गएको कात्तिकमा अनुमति पाएको थियो।
प्रविधि तटस्थ गरेर टेलिकमले अहिले थ्री जी सेवा सञ्चलान गरिरहेको ब्यान्डबाट नै फोर जी सेवा सञ्चालन गर्ने छ।
अधिकतम ३० एमबिपिएस गतिको अपलोड÷डाउलोड डाटा उपलब्ध गराउने जनाएको टेलिकमले फोरजीको मूल्य भने तय गरेको छैन।
आइतबार सफ्ट लन्चमात्र भएकोले व्यावसायिकरुपमा जाँदामात्र मूल्य निर्धारण हुने टेलिकमले प्रष्ट पारेको छ।
साभारः सेतोपाटी

Leave a comment

Your email address will not be published.


*