21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

जयललिताको शव समाधिस्थ

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     1:36:06 AM  | 85 पटक पढिएको   |  

नेतृ जयललिता चार पटक मुख्यमन्त्री निर्वाचित भएको तमिल नाडु राज्यस्थित चेन्नई शहरको एउटा समुद्र तटमा उनको शव समाधिस्थ गरिएको छ।

विवादास्पद छवि भएकी र २ पटक जेल सजाय काटेकी भएतापनि उनका थुप्रै समर्थक थिए।

६८ वर्षिय जयललितालाई आइतबार हृदयघात भएको थियो।

लाखौं शोकाकुल मानिस सहभागी भएको जयललिताको शवयात्रा चेन्नाई शहरको मध्यभागबाट अघि बढेको थियो।

शवयात्रा

भारतको राष्ट्रिय झण्डा ओढाइएको उनको पार्थिव शरिरमा फुल तथा माला चढाइएको थियो।

पूर्व अभिनेतृ रहेकी मुख्यमन्त्री जयललिताको शवयात्रामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जी पनि सहभागी भएका थिए।

देशका ठूला नेता तथा लाखौं जनताको उपस्थितिमा जयललिताको पार्थिव शरिरलाई चेन्नईको समुद्री किनारमा रहेको मरिना बीचमा समाधिस्थ गरिएको छ।

उनको शव हिन्दु परम्परा अनुसार नजलाएर उनका गुरु एम जी रामचन्द्रनको समाधी नजिकै चन्दनको बाकसमा राखेर समाधिस्थ गरिएको छ।

प्रारम्भिक जीवन

रामचन्द्रनले जस्तै जयललिताले पनि युवा अवस्थामा चलचित्रमा अभिनय गरेर जीवनको उत्तरार्द्धमा राजनीति रोजेकी थिइन्।

राजनीतिमा आउनु अघि उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

रामचन्द्रनले नै जयललितालाई राजनीतिमा लाग्न प्रेरित गरेका थिए।

जयललिताको निधनपछि तमिलनाडु राज्यमा थप सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

सुरक्षा चिन्ता

समर्थकशोकाकुल समर्थक

धेरै समर्थकले उनलाई सम्मान गर्दै अम्मा अर्थात आमा भन्ने गर्दथे।

जयललिताको निधनपछि उनका समर्थकले असामान्य व्यवहार देखाउन सक्ने चिन्ता व्याप्त थियो।

तर छिटपुट घटनाबाहेक भीडहरु अनुसाशित र समान्य देखिएका थिए।

मानिसहरु शोकमा डुबेका थिए र केहीले भन्दै थिए – “अम्मा हामीलाई छोडेर किन गयौ?”

शोक

महिनौंअघि देखि विरामी परेकी जयललिता उपचारको क्रममा थिइन्।

उनी सेप्टेम्बर महिनायता सार्वजनिक समारोहमा देखिएकी थिइनन्।

तमिनाडु राज्यमा सात दिनसम्म शोक मनाउने घोषणा गरिएको छ।

दिल्लीस्थित केन्द्रिय सरकारले उनको सम्मानमा मंगलबार राष्ट्रिय विदाको घोषणा गरेको थियो।

साभारः बिबिसी नेपाली

Leave a comment

Your email address will not be published.


*