20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

तलब काटेर बिपन्न बीरामीलाइ दिने एक डाक्टरको निर्णय

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     9:57:43 AM  | 3033 पटक पढिएको   |  

जाजरकोटः जाजरकोट अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो तलबको पाँच प्रतिशत रकम आर्थिक रुपमा कमजोर तथा विपन्न बीरामीहरुका लागि खर्च गर्ने निर्णय गरेका छन् ।
जाजरकोट जस्तो आर्थिक रुपमा विपन्न जिल्लाका बीरामीहरु गम्भीर रोग लाग्दा केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले आफ्नो तलबको पाँच प्रतिशत रकम दिने जिल्ला अस्पताल जाजरकोटका डाक्टर भुपेन्द्र मल्लले बताए ।
उनले आवश्यकता अनुसार यो रकम थप गर्न सकिने समेत बताएका छन् । पहिलो पल्ट तलब बुझेपछि उनले यो निर्णय गरेका हुन् ।

1 Comment on तलब काटेर बिपन्न बीरामीलाइ दिने एक डाक्टरको निर्णय

  1. दुर्गा राज श्रेष्ठ // December 30, 2016 at 12:53 pm // Reply

    ल बल्ल यो साथिले केही गर्ला जस्तो छ।धन्यबाद तथा बधाई छ

Leave a comment

Your email address will not be published.


*