20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोट जिफन्टको संयोजकमा नेपाली

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     8:21:41 AM  | 258 पटक पढिएको   |  

जाजरकोटः ट्रेड युनियन महासंघ (जिफन्ट) जाजरकोट शाखाको संयोजकमा गोपाल बहादुर नेपालीलाई चयन गरिएको छ । नौ सदस्यीय समिति रहने गरी महासंघका केन्द्रिय सचिव एवम् ६ नम्बर प्रदेशका संयोजक कमल गौतमको उपस्थितिमा जिफन्ट जाजरकोट शाखा स्थापना गरिएको हो ।
जिफन्टका घटक संगठनहरु निर्माण मजदूर युनियनको संयोजकमा दिपेन्द्र राज सिंह, नेपाल सौन्दर्य युनियनको संयोजकमा प्रतिभा पुन, महिला स्वंयमसेवी युनियनको संयोजकमा हरीकला जैसी रहेका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भैरव सुन्दर श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु रत्न प्रसाद शर्मा न्यौपाने, करबीर शाही, डम्बर सिंह, कौशिला खत्री, सिपी घर्ती लगायतका नेताहरुको उपस्थिति रहेको नेता रत्न प्रसाद शर्मा न्यौपानेले ईखबरअनलाईनलाई जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*