18 October 2017|   बुधबार, कार्तिक १, २०७४

आगलागीबाट एक घर जलेर नष्ट

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     7:58:59 AM  | 119 पटक पढिएको   |  

जाजरकोट: जाजरकोटको ढिमे गाविस-५ खुर्पामा आगलागी हुँदा बुधबार दिउँसो एक घर जलेर नष्ट भएको छ । आगलागीबाट घर भित्र राखिएका लत्ता कपडा र महत्वपूर्ण समान जलेर नष्ट भएको पाचकाटिया प्रहरी चौकीले जनाएको छ ।

प्रहरी चौकीभन्दा झण्डै ३ घण्टा बढी पैदल दुरीमा आगलागी भएको र नेपाल टेलिकमको स्काइ नेटवर्कको फोनले त्यस क्षेत्रमा काम नगर्दा खबर गर्नसमेत समस्या भएको नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष डिल्ली बहादुर थापाले बताउनु भयो । आगलागी भएपछि आगो निभाउन स्थानीय बासिन्दाले प्रयास गरे पनि नसकिएको थापाले बताउनु भयो ।

ढिमे स्थित कर्णबहादुुर मिजारको घरमा सोलारको तार सट हुँदा आगलागी भएको हो । घर पुरै जलेको प्रहरी चौकी पाँचकाटियाका हवलदार केशव खड्काले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published.


*